काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक सुरू भएको छ । बैठक केही समयअगाडि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो ।
बिहीबारदेखि संसदको अधिवेशन सुरू हुने भएकोले बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने जनाइएको छ ।
गत २१ फागुनमा भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट गरी २५ जना सांसद रहेका छन् ।
पार्टीका पूर्वउपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन् ।


FACEBOOK COMMENTS