काठमाडौँ, भदौ ९ – कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
१ महिला र ६ पुरुषसहित ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको हो ।
मृत्यु हुनेमा काठमाडौंका ३ जना रहेका छन् । काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र ७१ वर्षीया महिला छन् ।
त्यसैगरी सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ र ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।
FACEBOOK COMMENTS