काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छोड्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको परमादेशअनुसार ओली र लेखकलाई रिहा गर्न लागिएको हो ।
हाजिर जमानतमा छोड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको प्रहरी स्रोतले बताएको छ । १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए ।