काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्न लागेको हो । बैठकमा उपसभामुखको निर्वाचनबारे निर्णय हुने जनाइएको छ ।
उपसभामुखका लागि आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभामा निर्वाचन हुँदैछ ।
उपसभामुखका लागि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट रुबी कुमारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाको उम्मेदवारी परेको छ ।
रास्वपाले श्रम संस्कृतिकी उम्मेदवार रुबीलाई समर्थन गरेको छ ।
