काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ।
केन्द्रीय कार्यसंयोजन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता जगन्नाथ खतिवडाको विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विपक्षमा पार्टी रहेको बताए।
सरकारको यस्तो कदम जनताको अधिकारविरुद्ध भएको नेकपाको निष्कर्ष छ। उनले भने, ‘कलेजहरूमा सक्रिय विद्यार्थी संगठन, विशेष गरी युवा तथा विद्यार्थीसम्बद्ध सङ्गठनमाथि प्रतिबन्ध लगाउने तथा ट्रेड युनियन गतिविधिलाई रोक्ने प्रयास गलत भएको पार्टीको निष्कर्ष छ।
यसले अधिकार कुण्ठित गर्छ, यस्तो निर्णय स्वीकार्य छैन।’ बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको नीति तथा निर्णय, आगामी कार्यदिशा र पार्टी एकीकरणपछि कमिटीको समायोजनलगायत विषयमा गहन छलफल भएको समेत बताए।