काठमाण्डौ, भदौ १० – कैलालीमा बुधबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् संक्रमितको मृत्यु भएको हो ।
मंगलबार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार साँझसम्म उनको धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ । मंगलबारमात्रै साउन ३२ गते मृत्यु भएका कैलालीकै एकजना पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।
FACEBOOK COMMENTS