काठमाडौं, भदौ ११ – लगातार ४ दिन घटेको सुनको मूल्य फेरि बढेको छ । आइतबार देखि बुधबारसम्म निरन्तर घटेर ९६ हजार ८ सय रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य बिहीबार फेरि बढेको छ ।
बिहीबार ८ सय रुपैयाँ प्रतितोलाका दरले वृद्धि हुँदै छापावाल सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँ प्रतितोला कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ रहेको छ ।
महासंघका अनुसार बिहीबार चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँ वृद्धि भएको छ । बुधबार प्रतितोला १३ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार १३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS