काठमाडौं । पाल्पामा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका–६, चहलाका २२ वर्षीय कमल सोमरे छन् ।
१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
कमलले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।