काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तत्काल रमाना लिएर खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ।
मन्त्रालयले आज २०८२ भदौदेखि २०८२ चैतसम्म सरुवा भई समय व्यतीत भइसके पनि सम्बन्धित नगरपालिका तथा गाउँपालिकामा हाजिर हुन नगएका उपसचिव तथा शाखा अधिकृत स्तरका कर्मचारीहरूलाई तीन दिनभित्र रमाना लिएर कार्यस्थलमा उपस्थित हुन पत्राचार गरेको हो।
तोकेको समयमा नगए निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० अनुसार आवश्यक कारबाही हुने चेतावनी दिइएको छ ।