काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका५ बाट पक्राउ गरेको हो ।
उनलाई बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा पक्राउ गरेको जनाइएको छ ।
नेपाल बीमा प्राधिकरण, कुपण्डोल ललितपुरको वैशाख ८ गतेको पत्रअनुसार आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनमा निष्कर्ष तथा सुझावसहित अनुसन्धानका लागि विवरण प्राप्त भएको र उक्त प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडसमेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा १ को खण्ड (छ) बमोजिम कसूर गरेको उल्लेख गरिएको ब्यूरोले जनाएको छ । घ
टनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
