काठमाण्डौँ —नबिल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता भएकोे छ ।
नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशत छुट पाउने भएका छन् ।
उक्त विषेश छुट बाह्य सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज, बहिङ्ग परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुनेछ ।
नबिल बैंकका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले यस सहकार्यले कार्ड प्रयोगकर्ताहरुलाई लाभ पुग्ने बताए ।
FACEBOOK COMMENTS