काठमाण्डौँ — कोटेश्वर र बानेश्वरमा निर्माण हुने अन्डरपासको डिजाइन तयार गर्न पाँचवटा परामर्शदाता योग्य देखिएका छन्।
सडक विभागअन्तर्गतको पुल महाशाखाको मूल्यांकनमा पाँच परामर्शदाता प्राविधिक रूपमा सक्षम देखिएका हुन्।
सवारी आवागमन सहज बनाउन सरकारले कोटेश्वर, बोनेश्वर र महाराजगन्जमा अन्डरपास बनाउने तयारी गरेको छ।
कलंकीदेखि महाराजगन्जसम्म चीन सरकारले चक्रपथ विस्तार गर्ने भएकाले महाराजगन्जको अन्डरपास पनि चीन सरकारले बनाइ दिने भएको छ।
हाल कोटेश्वरदेखि सातदोबाटो हुँदै कलंकीसम्मका १० किलोमिटर सडक र कलंकीको अन्डरपास चीनले नै बनाइदिएको हो।
महाशाखाले २०७४ पुसमा अन्डरपास बनाउन इच्छुक परामर्शदाताबारे जानकारी लिन आशयपत्र आह्वान गरेको थियो।
त्यस समय अन्डरपासको डिजाइन बनाउन १३ परामर्शदाताले इच्छा देखाएका थिए।
तीमध्ये मूल्यांकनमा ६ परामर्शदाता अब्बल ठहरिएका थिए।
— अन्नपूर्ण
FACEBOOK COMMENTS