अन्जनराज न्यौपाने तनहुँ, १२ भाद्र- तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइले व्यास नगरपालकिालाई शववाहन हस्तान्तरण गरेको छ ।
कोरोना संक्रमण र लकडाउनलाई मध्यजनर गदै उद्योग वाणिज्य संघ, दमौली बजार इकाइले उक्त शवबाहन एक कार्यक्रमका बीच नगरपालिकालाई हस्तान्तरण गरेको हो ।तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापती राजकुमार श्रेष्ठ राकुले ब्यास नगरपालकिाका प्रमुख बैकुण्ठ न्यौपानेलाई शववाहनको साँचो हस्तान्तरण गरेका थिए ।
शव वाहन प्राप्त भएपछि नगरपालकिाका १४ वडाका स्थानीय नगरवासी लाभान्वति हुने भन्दै ब्यास नगर प्रमुख न्यौपानेले दाता प्रती आभार प्रकट गरे । ‘अब चितवन र पोखराबाट चर्को भाडा तिरी शववाहन ल्याईरन नपर्ने भएको छ’ उनले भने ।
FACEBOOK COMMENTS