काठमाडौं १३ , नेकपाले मन्त्री मण्डल पुनरगठनका लागि निर्णायकहुने निर्धारित सचिवालय बैठक नेकपाका दुई अध्यक्षको बालुवाटारमा भेटसङ्गै अचानके स्थगित गरिएको छ । गृहमन्त्री र रक्षामन्त्री कोरोना संक्रमण पुष्टि भएका एकजना कर्मचारीको कारण सेल्फ क्वारिण्टिनमा बस्नुपर्ने भएकाले सचिवालय बैठक सारिएको तर्क दिइएको छ ।
तर, स्रोत भने प्रधानमन्त्रीको चाहनाबमोजिम अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने योजनाअन्तर्गत बैठक पर सारिएको बताउँछ । सांसद नभएको अवस्थामा बढीमा ६ महिनासम्म मन्त्री बन्न पाइने संवैधानिक व्यवस्थाअनुसार खतिवडाको म्याद यही २० गते सकिँदैछ ।
१८ गते बोलाइएको सचिवालयको बैठक एक दिन लम्बिएको अवस्थामा त्यहिँबाट राष्ट्रिय सभामा मनोनित गर्ने सांसदको कोटामा पुनः खतिवडालाई नै सिफारिश गरिनेछ ।
साथै, आवश्यक निर्णयको लागि त्यही दिन मन्त्रीपरिषद्को सिफारिश शीतल निवासमा पु¥याई उनैलाई अर्थमन्त्रीमा निरन्तरता दिने रणनीतिमा बैठक आगामी बिहीबार पुु¥याइएको स्रोतको दावि छ ।
FACEBOOK COMMENTS