काठमाडौं । संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि राजीनामा दिएका छन् । सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउनेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उपकुलपतिहरूले धमाधम राजीनामा दिन थालेका हुन् । उनले शुक्रबार राजीनामा दिएका हुन् । २२ गतेबाट लागू हुनेगरी राजीनामा दिएको बताइएको छ ।
यसअघि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिएका थिए । १७ वैशाखमा त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् ।
तर दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न भनेको थियो । तर सरकारले अध्यादेश नै ल्याउन लागेपछि धमाधम राजीनामा दिएका छन् । सरकारले सिफारिस गरेको अध्यादेशमाथि राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।