काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रिहा हुने भएका छन्।
मंगलबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा न्यायाधीश मोना सिंहको इजलासले म्याद थप थर्न अस्वीकार गरेको हो ।
‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकोले मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४(३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन’, आदेशमा भनिएको छ।