काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका हुन् ।
गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि अध्यक्ष ओलीले ओलीले बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी फिर्ता गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।