काठमाडौं । लिभप्योर ब्रान्डको आधिकारिक बिक्रेता केएल दुगड ग्रुपअन्तर्गत कम्पनी स्मार्ट अप्लायन्सेसले विगत तीन वर्षदेखि लिभप्योरका एअर कुलरहरु बजारमा उपलब्ध गराउँदै आएको छ ।
लिभप्योर एअर कुलर पर्सनल र डेजर्ट दुवै श्रेणीमा प्रभावकारी र किफायती शीतल समाधानका रूपमा उपलब्ध छन् । शक्तिशाली एअर डेलिभरी र लामो एअर थ्रो क्षमताले कोठाभरि समान रूपमा चिसो हावा पुर्याउँदै आरामदायी अनुभव प्रदान गर्छ ।
एन्टी–ब्याक्टेरियल हनीकोम्ब प्याडले स्वच्छ र ताजा हावा सुनिश्चित गर्छ भने ठूलो पानी ट्याङ्की क्षमताले लामो समयसम्म निरन्तर शीतलता दिने कम्पनीले बताएको छ ।
कम विद्युतीय खपतका कारण लिभप्योर एयर कुलरहरू इन्भर्टरमा समेत सञ्चालन गर्न सकिन्छ । साथै, मोटर सुरक्षा र अन्य सुरक्षा सुविधाले सुरक्षित र भरपर्दो प्रयोग सुनिश्चित गर्दछ ।