काठमाडौं । मध्यराति सुन्धारा कारागारबाट भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ असनबाट पक्राउ परेकी छन् ।
जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट भागेकी थिइन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असनबाट पक्राउ गरेको हो ।
तामाङले चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय पाएकी छिन् । उनी पटक पटक जेलबाट भाग्दै आएकी छिन् ।