काठमाडौं, भदौ १५ – सन् २०२० अगष्ट ११ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधनका क्रममा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो खोप बनेको घोषणा गरे । रुसले निर्माण गरेको भनिएको खोपको नाम ‘स्पुतनिक भी’ दिइएको छ ।
रुसी भाषनमा स्पुतनिकको अर्थ स्याटेलाइट भन्ने हुन्छ । सोभियत संघले १९५७ मा विश्वको पहिलो स्याटेलाइट बनाएको थियो । उक्त स्याटेलाइटको नाम पनि स्पुतनिक राखिएको थियो ।
अहिले खोपको नामले यो संकेत गर्छ कि, वर्षौंअघि जसरी सोभियत संघले स्याटेलाइटमा अमेरिकालाई पछाडि पार्यो, त्यसरी नै रुसले कोरोना भाइरसविरुद्धको खोपमा पनि अमेरिकालाई पछि पारेको सन्देश दिन चाहन्छ ।
पुटिनले रुसले बनाएको खोपको डोज दिइएको र उनी पूर्णरुपमा स्वस्थ रहेको बताएका थिए । यद्यपि यो कोरोना खोपमाथि वैज्ञानिकहरुले आशंका व्यक्त गर्दै आएका छन् । रुसले यो खोपको प्रयोग ७६ जनामा गरेको थियो । साथै तेस्रो चरणको क्लिनिकल परीक्षण बाँकी थियो । यो चरणको परीक्षण हजारौं मानिसमा गरिन्छ । रुसले आफ्नो देशमा यसको प्रयोग नै गरेपनि बाँकी दुनियाँ यसलाई स्वीकृति दिने पक्षमा देखिन्न ।
कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म बन्न सक्ला भन्ने विषयमा कोलम्बिया युनिभर्सिटीकी संक्रामक रोग विशेषज्ञ एन्जेला रेसमसन भन्छिन्, ‘मलाई लाग्छ कि निकै छिटो । तर पनि सन् २०२० अन्तिमसम्म वा २०२१ को शुरुवाती केही महिनासम्ममा मात्र कोरोना भाइरसविरुद्धको खोप निर्माण हुन सक्छ । त्यसअघि बन्दैन ।’
कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन विश्वभरका रिसर्च इन्स्टिच्युट र फर्मास्युटिकल कम्पनीहरुले एक सयभन्दा धेरै खोपको विषयमा काम गरिरहेका छन् । चीनका तीन, अमेरिकाका दुई र बेलायतको एक खोप विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का अनुसार अन्तिम चरणमा पुगिसकेका छन् । एन्जेला रेसमसन भन्छिन्, ‘यसमध्ये तीन फरक टेक्नोलोजी प्लेटर्फमको प्रयोग भइरहेको छ । सबैले सबैभन्दा प्रतिरोधी क्षमता प्रणालीमा कोरोना भाइरस पत्ता लगाउँछन् र त्यसैको अधारमा एन्टिबडी विकास गर्छन् ।’
बेलायतको अक्सफोर्ड युनिभर्सिटी र ग्लोबल ड्रग्स र्फम एक्स्ट्राजेनेकाले मिलेर बनाइरहेको खोपमा कोरोना भाइरसँग मिल्ने किसिमको भाइरसको प्रयोग भइरहेको छ । अमेरिकाको मोडर्नाले निर्माण गरिरहेको खोपमा जेनेटिक मेटेरियलको सहायतामा स्पाइक प्रोटिन तयार पारिन्छ । चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले तेस्रो विधिको प्रयोग गरिरहेको छ । यो खोपमा कोरोना भाइरसकै प्रयोग गरिन्छ ।
तीन वटै खोपको सुरक्षा र रोगसँग लड्ने क्षमता जान्न अपेक्षा गरिएभन्दा निकै कम मानिसमा परीक्षण भएको छ र तेस्रो चरणको परीक्षणको पालो आएको छ । ‘तेस्रो चरणको परीक्षणमा हजारौंको संख्यामा मानिसहरुलाई यो खोप दिइन्छ । त्यसपछि सामान्य जिन्दगीमा कोरोना भाइरसको सम्पर्कमा आउँदा उनीहरुमा कस्तो असर पर्छ भन्ने कुराको अध्ययन गरिन्छ’ एन्जेला रेसमसन भन्छिन्, ‘उनीहरु कोरोना भाइरसका कारण बिरामी परेनन् भने ने खोपले काम गरिरहेको छ भन्ने यकिन हुन्छ ।’
अहिले कोरोना भाइरसविरुद्धको खोप निर्माणको काम एतिहासिक गतिमा भइरहेको छ । तर प्रभावकारी खोप आउन अझै धेरै महिना लाग्न सक्छ । त्यसपछि मात्र प्रभावकारी हुनुका साथै सुरक्षाको पनि प्रत्याभूति हुने खोप बजारमा आउन सक्छ ।
सुरक्षित र प्रभावकारी खोप निर्माण गर्न धेरै वर्ष लाग्न सक्छ । साथै एचआईभी/एड्सजस्तै कोरोना भाइरसको खोप पनि कहिले पनि नभेटिन पनि सक्छ । पनि आशा गरौं, छिटै नै कोरोना भाइरसविरुद्धको खोप आउनेछ ।
FACEBOOK COMMENTS