काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ ।
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई ७ दिन भित्र आवेदन दिन भनेको छ ।
इच्छुक उम्मेदवारले ७ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा व्यक्तिगत विवरणसहित आवश्यक कागजात संलग्न गरी आवेदन पेश गर्नुपर्नेछ ।
