काठमाडौं । सरकारले निजगढ विमानस्थल निर्माणलाई बजेटमा प्राथिमकता दिएको छ ।
निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र टुंग्याउने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका छन् ।
उनले त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि समेत बजेट विनियोजनको घोषणा गरे ।
दाङको टरीगाउँ विमानस्थल स्तरोन्नतिको घोषणा सरकारले गरेको छ ।