काठमाडौं । युइएफए सुपर कपमा पिएसजी र एस्टन भिल्ला खेल्ने भएका छन् ।
च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेता खेल्ने सुपर कपमा पिएसजी र एस्टन भिल्ला आगामी अगस्त १२ मा खेल्ने भएका हुन् । यो खेल अस्ट्रियाको साल्जबर्गस्थित आरबी एरिनामा हुने भएको छ ।
यस बर्ष पिएसजीले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने एस्टन भिल्लाले युरोपा लिग जितेको छ ।
अहिलेसम्म युइएफए सुपर कपको उपाधि सबै भन्दा बढी रियल म्याड्रिडले ६ पटक जितेको छ । त्यस्तै बार्सिलोना र एसी मिलानले ५–५ पटक जितेका छन् भने लिभरपुलले ४ पटक यो उपाधि जितेका छन् ।
त्यस्तै पिएसजीले पहिलो पटक गत बर्ष यो उपाधि जितेको थियो ।
