काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले भारतले नेपालको जमिन मिचेको मात्र नभएर नेपालले पनि भारतको जमिन मिचेको दाबी गरेका छन् ।
आज बसेको संसद बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका छन् ।
‘तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ । भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं,’ उनले भने ।
संसदमा व्यक्त प्रधानमन्त्रीको यो अभिव्यक्ति गम्भीर र अर्थपूर्ण रूपमा लिन सकिन्छ ।