काठमाडौं । एमाले नेता प्रदीप ज्ञवालीले ’नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्दै संसदमा दिएको अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्न प्रधानमन्त्री वालेन्द्र शाहलाई चेतावनी दिएका छन् ।
उनले प्रधानमन्त्रीको भनाइ आपत्तिजनक, सन्देहास्पद र भत्र्सनायोग्य रहेको बताएका छन् ।
उनको भनाइ :
‘……नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ –संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको यो विषय आपत्तिजनक, सन्देहास्पद र भत्र्सनायोग्य छ । यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस् ।