काठमाडौं । पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नयाँ दिल्ली पुगेका छन् ।
पाँच दिने भारत भ्रमणका लागि उनी आज दिउँसो नयाँ दिल्ली पुगेका हुन् ।
भारत पुगेका सभापति लामिछानेलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सत्तारुढ दल (भाजपा)का राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले संयुक्त रुपमा स्वागत गरेका छन् ।
