काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा आएर माफी नमागेसम्म आफूहरूको अवरोध जारी रहने कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।
प्रधानमन्त्री शाहले ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भनेर संसदमा अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदनमा अवरोध गर्दै आएको छ ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदलाई कानुनभन्दा माथि राख्नेगरी प्रतिनिधिसभा नियमावली जबर्जस्ती पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । यस्तोमा कांग्रेसले संसदीय समितिहरूका बैठक पनि बहिष्कार गर्ने रणनीति अपनाएको हो ।