काठमाडौं, भदौ १६ – जिल्ला प्रशासन कार्यालय , बाराले कोरोना संक्रमण फैलिए पछि बारामा गत साउन १८ गते देखि लगाएको निषेधाज्ञा मंगलवारबाट केही खुकुलो भएको छ ।
सोमवार बसेको कमाण्ड पोष्टको बैठकले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी सामान्य जनजीवन सहज बनाउँदै लगिने निर्णय गरेको हो ।
शैक्षिक संस्था, गोष्ठी, सेमिनार, तालिम प्रदर्शन, भेला, सिनेमा हल, पार्टी प्यालेस डान्स बार, पुस्तकालय, सपिङ्ग मल, स्पा सैलुन, व्युटी पार्लर, स्वीमिङ्ग पुल, जिमखाना, रिक्सा, साईकल ठेला गाडामा गर्ने व्यवसाय र कवाडी संकलन भने बन्द गरिएको छ ।
यी बाहेक अन्य व्यवसाय भने विहान १० देखि बेलुकी ४ बजे सम्म खुला हुने भएको छ ।
संक्रमणको जोखिम उस्तै छ , तैपनि सबैको धारणा सहज बनाऔं भन्ने आयो त्यसैले बिहान १० बजे देखि ४ बजे सम्म सबै व्यवसाय खोल्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
बारा जिल्लामा मंगलवारबाट निषेधाज्ञा खुकुलो भएको छ । जिल्ला सुरक्षा समिति र डि.सि.सि.एम.सीको बैठकले मंगलवार बिहान ५ बजे देखि अर्को सूचना जारी नभए सम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम जिल्लाका सबै स्थानीय तहहरुमा जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
बैठकले खाद्यान्न, किराना पसल, ग्याँस, ईन्धन, दूध डेरी, तेल, घ्यू , मरमसला समेतका अन्य पसल व्यावसायहरु बिहान १० बजे देखि बेलुकी ४ बजे सम्म खुल्ला गर्ने र यसको लागि भौत्तिक दुरी कायम राख्नु पर्ने निर्णय गरेको छ ।
साथै दैनिक उपभोग्य जन्य तरकारी, माछा, मासु तथा फलफूल पसलहरु पनि सञ्चालन गर्न पाइने भएको छ ।
कलैयाको मुख्य बजार क्षेत्रको पूर्व तर्फ हनुमान मन्दिर, पश्चिम नेपाल बाल संगठनको भवन, उत्तर देवकोटा चोक र दक्षिण पावर हाउस चोकको चार किल्ला बाहिर मात्र त्यस्ता बस्तुहरु बिक्री वितरण गर्न नपाइने छ ।
त्यसैगरी सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कार्यालय प्रमुख सहिँत ५० प्रतिशत स्थानीय आवासीय कर्मचारीहरु मार्फत कार्यालयको काम सम्पादन गर्ने, प्रत्यक्ष जन सम्पर्क हुँने कार्यालयहरुले भने स्थानीय तह अनुसारको आलो पालो सेवा प्रवाह हुँने गरी भदौ १७ गते देखि सेवा प्रवाहको व्यवस्था मिलाउँने समेत निर्णय भएको छ ।
बैठकले बैंक तथा वित्तिय संस्था र उद्योग, व्यवसाय, प्रतिष्ठानहरु तथा निर्माण कार्य सञ्चालन गर्दा संभावित कोरोना संक्रमण जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नु पर्ने पनि निर्णय गरेको छ ।
निर्णय अवज्ञा गरी सवारी साधन वा मोटरसाईकल चलाएमा वा हिडडुल गरेमा वा अनाधिकृत रुपमा पसल सञ्चालन गरेमा संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारवाही गरिने समेत प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।
यता, अहिले बाराको ग्रामिण क्षेत्र देखि सदरमुकाम कलैया लगायत बाराको देवताल गाउँपालिका, पचरौता, सिम्रौनगढ, निजगढ नगरपालिका, जीतपुरसिमरा लगायतका स्थानमा यहाँका स्थानीयले माक्स लगाउने तथा समाजीक दुरी समेत पालना गरेको पाँदैन ।
बाराका व्यापरीहरूले भने समाजीक दुरी उलङ्घन समेत गरेको पाईएको छ । भीडभाड भएर संक्रमण बढ्ने भन्दै स्थानीय सरकारले घर बाहिर निस्कँदा अनिवार्य माक्स लगाउँनु पर्ने र सामाजिक दुरी कायम गर्नु पर्ने भनि रहँदा बाराका अधिकांश व्यापारीहरुले भने माक्स र ग्लोब्स लगाएको पाइँदैन ।
सतर्कता अपनाएर बजारमा निस्कने र समाजिक दूरी कायम गरी हिड्ने हो संक्रमणबाट बच्न सकिने भन्ने थाहा भए पनि सर्व साधारणले बुझेर पनि नवुझेको जस्तो गरेको पाईने रहेको बेलामा बारामा कोरोना जोखिम उच्च रहेको भन्दै स्वास्थ्य कार्यालय बाराले निषेधाज्ञालाई खुकुलो बनाउन नहुने जनाएको छ ।
यस्तै सर्व साधारणहरले पनि सामाजिक दूरी कायम गरेको पाइँदैन । कोरोना संक्रमितको संख्या दिनहुँ बढि रहेको बेला निषेधाज्ञाको पालना नगर्नुका कारण भोलिका दिनमा भयावह अवस्था भने नआउला भन्न सकिदैन ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रणमा फलदाई देखिएको समाजीक दुरी र माक्सको प्रयोगलाई बाराका व्यायापरीहरुले उलङ्घन गरेको पाईए पछि स्थानीयहरु चिन्तीत भएका छन् ।
बारामा कोरोना संक्रमितको संख्या ९ सय ३० पुगेको छ । यो सँगै १६ वटा स्थानीय तह रहेको बारामा सबै पालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल सम्ममा बारामा जिल्ला भरमा कलैया, जीतपुरसिमरा उपमानगरपालिका, निजगढ नगरपालिकामा कोरोना संक्रमिणको उच्च जोखिम रहेको छ ।
बारा जिल्लामा हाल सम्ममा ६० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भईसकेका छन् , भने २३ जना सुरक्षाकर्मी, पाँच जना सञ्चारकर्मी रहेका छन् । यस्तै बारामा मृत्यू हुँनेको सख्या १५ पुगेको छ ।
FACEBOOK COMMENTS