काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजमा कमब्याक गरेको छ ।
पाकिस्तान टूरमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा हार बेहोरेपनि दोस्रो खेलमा ४१ रनको जित हासिल गर्दै सिरिजमा कमब्याक गरेको हो ।
अस्ट्रेलियाले दिएको २३२ रनको लक्ष्य पछाएको पाकिस्तान ४४ ओभरमा १९० रन बनाउदा अलआउट भएको थियो ।पाकिस्तानका लागि शदाब खानले सर्बाधिक ७१ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर नाथन इलिसले सर्बाधिक ४ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २३१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले सर्बाधिक ५३ रन बनाएका थिए । त्यस्तै पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीले सर्बाधिक ३ विकेट लिएका थिए ।
यो जितपछि ३ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यसअघि पहिलो खेल पाकिस्तानले ५ विकेटले जितेको थियो । अब सिरिजको अन्तिम
