काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचनपछि पहिलोपटक आज सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
आजदेखि काठमाडौंमा सुरू भएको दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’ उद्घाटन समारोहमा उनी देखिएका हुन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पराजय, त्यसपछि पक्राउ परेपछि अस्वस्थ भएर अप्रेशन गर्नु परेको र त्यसैक्रममा बुबाको निधनका कारण ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् ।
हेर्नुहोस् तस्बिरहरू

