काठमाण्डौं – अन्तराष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य बढेर सोमबार चार वर्षयताकै उच्च मूल्यमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिव्यारेल ८१ अमेरिकी डलरको हाराहारीमा पुगेको छ । यो सन् २०१४ को नोभेम्बर यताकै उच्च हो ।
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चा तेलको मूल्यमा कमी ल्याउन दबाब दिएपनि ओपेक र अन्य तेल उत्पादक राष्ट्रहरुले अमेरिकी राष्ट्रपतिको आग्रहलाई बेवास्ता गरेका कारण तेलको मूल्यमा पछिल्ला दिनहरुमा वृद्धि भइरहेको छ अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो संगै नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ बढेको छ । यसले समग्र बजारलाइनै प्रभावित पार्ने जानकारहरु बताउँछन् ।
गाडि भाडा बढिसक्यो अब अन्य दैनिक उपभोग्य बस्तु पनि आकाशिने चिन्ता व्यक्त गरिउको छ । यो पालिको दशैं तिहार महंगो हुने आम सर्बसाधरणको बुझाई छ ।
FACEBOOK COMMENTS