काठमाडौं । राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले पार्टी छोडेर नयाँ राष्ट्रवादी पार्टी बनाउने घोषणा गरेका छन् ।
काठमाडौं आयोजित कार्यक्रममा राणाले राप्रपामा बस्न नसकेको भन्दै पार्टी छोडेर नयाँ पार्टी बनाउन लागेको स्पष्ट गरेका हुन् ।
उनले पछिल्लो चार बर्ष राप्रपामा आफ्नो राजनीतिक जीवनमै सबै भन्दा पिडादयाक समय भएको बताए । उनले राप्रपाका सबै नेता र कार्यकर्तालाई आफ्ना एजेण्डा राप्रपाबाटै पुरा हुन्छन भने त्यतै बस्न र त्यसो हुन्न भन्ने लाग्छ भने नयाँ पार्टीमा आउन आव्हान गरेका छन् ।
राणाले आफुले दुर्गा प्रसाईको अभियानसँग कुरा धेरै अगाडी बढेको भन्दै सबै राष्ट्रवादी शक्तिलाई समेट्न ठुलो छाती बनाउने बताए । उनले देशभर राप्रपा छोडेर आफ्नो पार्टीमा जोडिने क्रम शुरु भएको बताउदै यसको जानकारी आफुहरुले सुचना दिदै जाने स्पष्ट गरे ।
उनले नयाँ शक्ति राजनीतिक दल नै भएकोले यो कुनै राजावादी र हिन्दुवादी अभियान मात्र नभएको बताउदै पार्टीमा युवा र महिलाको पार्टी हुने र केन्द्रीय समितिमा ६० प्रतिशत युवा र महिला हुने बताए ।

उनले आजबाट आफुहरु राप्रपाबाट अलग भएको घोषणा गर्दै नयाँ पार्टी बनाउन जुटेको र यो अभियान देशमा राजासहितको हिन्दु सनातनी धर्म बोकेको व्यवस्था ल्याउन अगाडी बढेको स्पष्ट गरे ।
