काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङले मन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति र सेयर लगानीको स्रोतमा प्रश्न उठेपछि छानबिनका लागि गठित समितिले प्रधानमन्त्री बालेन्द्र साहलाई प्रतिवेदन बुझाएको छ । शुक्रबार समितिका पदाधिकारी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रतिवेदन बुझाएका हुन् ।
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको थियो ।
समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष सुझावसहित प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो ।