काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ ।
नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।
यसअघि नेपालले पहिलो खेलमा आज कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले पराजित गरेको थियो ।
त्यस्तै हङकङले पहिलो खेलमा भुटानलाई १४ रनले र दोस्रो खेलमा कतारलाई ८३ रनले पराजित गरेको थियो । नेपाल र हङकङ दुवैले २-२ खेलमा जित हासिल गरेर क्वाटरफाइनलमा पुगिसकेका छन् र यस खेलले समुह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।
१८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुने छन् । एसीसी प्रिमियर कपमा समुह ए मा थाइल्याण्ड, म्यान्मार, जापान, बहराइन र मंगोलिया रहेका छन् । त्यस्तै समुह बी मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरेबिया छन् भने समुह सी मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन् । त्यस्तै समुह डी मा नेपाल, हङकङ चाइना, भुटान र कतार रहेका छन् ।

