काठमाण्डौँ —लघुवित्त विकास बैंकका सदस्यमध्ये ६९ प्रतिशतले एकभन्दा बढी संस्थाबाट ऋण लिने गरेको पाइएको छ ।
लघुवित्तमा सदस्य र कर्जाको दोहोरोपनाका कारण जोखिम बढेको र यसलाई व्यवस्थित गर्नुपर्ने बहस भइरहेका बेला नेपाल राष्ट्र बैंकको अध्ययनमा लघुवित्तमा दोहोरोपनाको मात्रा उच्च देखिएको हो ।
राष्ट्र बैंकले संघीय संरचनामा लघुवित्त सेवाको पहुँच तथा संरचनाबारे गरेको सर्वेक्षणमा ३१ प्रतिशत सदस्यले मात्र एउटा लघुवित्तबाट कर्जा लिने गरेको भेटिएको छ ।
राष्ट्र बैंक र लघुवित्त संस्था हरुको कर्जा नीतिका कारण सदस्यहरुको आवश्यक्ता पूरा नभएको र एकभन्दा बढी संस्थाबाट कर्जा लिनु सदस्यको बाध्यता भएको पनि अध्ययनले निष्कर्ष निकालेको छ ।
— कारोबार
FACEBOOK COMMENTS