काठमाडौं । व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले आज थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार लगिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनामा पठाउन आदेश दिएको हो ।
प्रहरीले भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो ।