काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा रहेको छ ।
बैंकका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७७ हजार ५७८.३१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका छन् ।
नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनबमोजिम संस्थापक समूहको शेयर खरिद–बिक्री गर्दा पहिले अन्य संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेको छ।
सोही व्यवस्थाअनुसार यसअघि संस्थापक शेयरधनीहरूलाई जानकारी गराइएको भए पनि तोकिएको अवधिमा खरिदका लागि आवेदन प्राप्त नभएको जनाएको छ।
अब सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिन सक्नेछन्।
