काठमाडौं । माट्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा ३ सय ३७ जनाको नि:शुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
तीन चरणमा गरिएको शिविरबाट करिब पाँच हजारभन्दा धेर आँखाका बिरामीहरू लाभान्वित भएका हुन् ।
शिविरका क्रममा आँखा जाँच गर्नेदेखि नि:शुल्क औषधि वितरणलगायका काम हुँदै आइरहेका छन् । केन्द्रले काठमाडौं उपत्यकाबाहिर पनि माग भएको खण्डमा नि:शुल्क आँखा शिविर र औषधि पनि नि:शुल्क उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।
पहिलो चरणमा काभ्रेपलाल्चोकको नमोबुद्धमा सञ्चालन भएको शिविरमा ५० जना, सुनाकोठीमा सञ्चालन गरिएको शिविरमा २७ जना बिरामी लाभान्वित भएका छन् । त्यस्तैगरी साँखु वडा नम्बर ३ मा सञ्चालित शिविरमा ४१ जना र गोदावरीमा सञ्चालित शिविरमा ६६ जना लाभान्वित भएका छन् ।
गत २६ र २७ वैशाखमा सञ्चालित पहिलो चरणको शिविरमा १ सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । त्यस्तै, दोस्रो चरणमा २२ जेठमा सञ्चालित शिविरमा १ सय ८ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ, जसमा काठमाडौं महानगरपालिका– १८, नरदेवीमा भएको शिविरमा ५१ जना, च्यासल पाटनमा भएको शिविरमा २९ जना, भक्तपुरमा भएको शिविरमा १५ जना र मैतिदेवीमा भएको शिविरमा १२ जना गरी १ सय ८ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।

त्यसैगरी, तेस्रो चरणमा ३० जेठमा सञ्चालन गरिएको शिविरबाट भने ७५ जना बिरामी लाभान्वित भएका छन्, जसमा ललितपुर– ८ मा २५ जना र छप्पी ललितपुरमा ४० गरेर कुल ७५ जना लाभान्वित भएका छन् ।
