काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको–४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
नेपालको पहिलो बैंकको रूपमा नेपाल बैंकको आफ्नै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेकोमा अर्थमन्त्रीले खुसी प्रकट गरे ।
उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले अबको युग डिजिटल बैंकिङको युग भएको कुरालाई आत्मसात् गर्दै बैंकले अत्याधुनिक डिजिटल बैंकिङ तथा सेवा सुविधाहरूमार्फत गाहकवर्गलाई थप प्रभावकारी सेवा प्रवाह गर्न बैंक प्रतिबद्ध रहेको बताए ।