काठमाडौं – बीमा समितिले पुस महिनापछि बीमा कम्पनीलाई फोर्स मर्जरमा पठाउने भएको छ । समितिले ठूला र बलिया बीमा कम्पनीहरु मार्फत गाउँ गाउँमा बीमा सेवा विस्तार गर्ने भन्दै फोर्स मर्जरको तयारी थालेको हो ।
संसदमा पेश गरेको नयाँ बीमा ऐनको मस्यौदामा पनि बीमा कम्पनीलाई मर्ज गराउने बिषय उल्लेख गरिएको छ ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले पुस महिनापछि पुँजी पुर्याउन नसक्ने तथा कमजोर अवस्थामा रहेका बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा पठाउने बताएका हुन् । अध्यक्षले बीमा सहभागीता कुल नागरिकको ११ प्रतिशत पुगेको जानकारी पनि दिए । उनले हालसम्म जम्मा २ वटा जीवन बीमा कम्पनी र एउटा निर्जीबन बीमा कम्पनीले मात्रै पुँजी वृद्धि गरेको समेत जानकारी दिए ।
३६ अर्ब पुँजी पुर्याउनुपर्ने १८ वटा जीवन बीमा कम्पनीको पुँजी हालसम्म २३ अर्ब ५६ करोड मात्रै पुगेको जानकारी दिए । असार मसान्तसम्ममा सबै बीमा जीवन बीमा कम्पनीहरुले २ अर्ब र निर्जीबन बीमा कम्पनीहरुले १ अर्ब पुँजी पुर्याउनुपर्ने थियो । तर हालसम्म जीवन तर्फ नेपाल लाईफ र नीर्जीबन तर्फ शिखर र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले मात्रै पुँजी पुर्याएका छन् ।
अध्यक्ष चापागाईँले असारपछि मर्जरका लागि प्रोत्साहन गर्ने र पुसपछि फोर्स गर्ने स्पष्ट पारे ।
FACEBOOK COMMENTS