काठमाडौं, भदौ १९ – सुन्धारास्थित धरहरा निर्माण गर्ने क्रममा सञ्चयकोष भवन भत्काउने क्रममा दुर्घटना हुन पुगेको छ । स्काभेटर लगाएर भवन भत्काउँदै गर्दा माथिबाट बिम खस्दा स्काभेटर चालक च्यापिन पुगेका छन् । गम्भीर घाइते अवस्थामा स्काभेटर चालक पर्साका २४ वर्षीय विष्णुकुमार साहलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले स्काभेटर चालकलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाइएको बताए ।
FACEBOOK COMMENTS