काठमाडौं । आईसीएफसी फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट काट्दा कुल मूल्यमा १२ प्रतिशत छुट पाउने भएका छन् ।
बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलार्ई बज इन्टरटेन्मेन्ट नाममा दर्ता भई सञ्चालित दरबारमार्ग स्थित जय नेपाल सिनेमा हलमा चलचित्रको टिकट खरिद गर्दा १२ प्रतिशत छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त साझेदारिमा आईसीएफसी फाइनान्स लिमिटेडको तर्फबाट शाखा प्रबन्धक शैलेश कोइराला, बजार प्रमुख सन्जोग गुरुङ्ग, बजार प्रतिनिधि सरिना श्रेष्ठ र जय नेपाल सिनेमा हल को तर्फबाट प्रबन्ध निर्देशक रुपेश कुमार श्रेष्ठ र निर्देशक हरि कृष्ण लोहलाले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार,आईसीएफसी फाइनान्सका ग्राहकहरूले जय नेपाल सिनेमा हलमा चलचित्र हेर्दा टिकटको कुल मूल्यमा १२ प्रतिशत छुट प्राप्त गर्नेछन् ।