काठमाडौं । इनफिनिक्स नेपालले आफ्ना स्मार्टफोनलाई अझ धेरै उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यसहित ‘बिग फोन, स्मल पेमेन्ट्स’ अभियानअन्तर्गत शून्य प्रतिशत ब्याजदरको ईएमआई योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ग्राहकले छनोट गरिएका इनफिनिक्स स्मार्टफोन खरिद गर्दा ४० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमार्फत भुक्तानी गर्न सक्नेछन् । यो सुविधा गुडविल फाइनान्स लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराइएको हो ।
यस योजनाअन्तर्गत इनफिनिक्स हट ७०, नोट एज, नोट ६०, नोट ६० प्रो तथा जीटी ३० प्रो सिरिजका विभिन्न मोडलहरू समावेश गरिएको कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो बजेटअनुसार मासिक किस्तामा स्मार्टफोन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार १२ महिनाको ईएमआई योजनाले ग्राहकलाई एकैपटक ठूलो रकम तिर्नुपर्ने बाध्यता हटाउँदै शक्तिशाली कार्यक्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन र नवीन फिचरयुक्त स्मार्टफोन सहज रूपमा प्रयोग गर्ने अवसर प्रदान गर्नेछ ।
इनफिनिक्सले यो सुविधा नेपालभरका आधिकारिक रिटेलर तथा सहभागी बिक्री केन्द्रमार्फत गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा उपलब्ध हुने जनाएको छ ।