प्रधानमन्त्री शाह र उपराष्ट्रपति यादवबीच टेलिफोन वार्ता
कर्पोरट खबर
10:30 pm, बिहीबार, साउन १४, २०८३
- प्रधानमन्त्री बालेन्द्र शाह र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच आज टेलिफोन संवाद भएको छ।
- दुवै नेताबीच मुलुकको वर्तमान अवस्था, आपसी समन्वय र राष्ट्रिय हितका विषयमा छलफल भएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज टेलिफोन मार्फत संवाद गरेका छन् ।
उनीहरूबीच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको छ।
संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार(विमर्श भएको बताइएको छ।