काठमाडौं । सम्राट बस्नेतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । निर्देशक बस्नेतले चलचित्र ‘दुर्गा’ निर्देशन गर्न लागेका हुन् ।
थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माणको घोषणा गरेका हुन् । थिम पोस्टरमा दुर्गा मन्दिर अगाडि उभिएकी एक युवती छिन् । मन्दिरको ढोका अगाडि उनी एक्लै उभिएकी छन् ।
मन्दिरको ढोका अगाडि त्रिशूल छ । सिनेमाको नाम ‘दुर्गा’ हुनु र त्रिशूलअगाडि बच्चा उभिएको देखिनुले यी दुईबीच केही सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ । नामले यो सिनेमाको मुख्य पात्र दुर्गा रहेको प्रस्ट संकेत गरेको छ । सिनेमा महिलाप्रधान रहेको पनि अनुमान लगाउन सकिन्छ । मन्दिरमा रातो कलरको अधिकता र युवतीले पनि रातो नै कलरको लुगा लगाएको देखाइनुले सिनेमामा हत्या वा हिंसा प्रचुरमात्रामा रहेको बुझ्न सकिन्छ ।