काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोती नगरपालिका–०८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।
कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले पैदलयात्री कावासोती नगरपालिका–०८ बस्ने ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो । अनुसन्धानका क्रममा बिहान करिब ७:३० बजे मध्यबिन्दु नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गबाट शंकास्पद बा ३ क १९०३ नम्बरको ट्रकलाई फेला पारी नियन्त्रणमा लिइएको छ ।
ट्रकका चालक भने फरार रहेकाले उनको खोजी तथा घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।