काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ ।
पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा परि उनको मृत्यु भएको हो । ‘ब्रड पिक’ को हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए ।
बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको थियो ।
हिमपहिरोमा परेका आरोहीहरुमा ओमानकी नधिरा अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए ।
पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो ।