काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था र सञ्जीवनी लघुवित्त वित्तीय संस्था मर्जर हुने भएका छन् ।
काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त र पश्चिम दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सञ्जीवनी लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।
सञ्जीवनी लघुवित्तले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई एक पत्र लेख्दै सञ्जीवनी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने र गाभिने मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको जानकारी गराउँदै सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेको छ ।
गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को दफा ३ (१) मा भएको व्यवस्थाअनुसार वित्तीय संस्थाको आधारभूत शेयरधनीहरूको सोही निर्देशिकाको दफा ७ अनुसार व्यवस्थाबमोजिम साधारणसभा नभएसम्मका लागि आधारभूत सेयरधनीहरूको सेयर कारोबार यथावत रोक्का गरिदिन संस्थाले अनुरोध गरेको छ ।