काठमाडौं । सव–डिभिजन वन कार्यालय,बन्दीपुर सिरहाका कार्यालय प्रमुखविरुद्ध आरोप –पत्र दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख राम केवल रायविरुद्ध सोमबार आज विशेष अदालतमा आरोप– पत्र दायर गरेको हो ।
अख्तियारले प्रवक्ता सुरेश न्यौपानेले अनुसन्धानका क्रममा रायले काष्ठ उद्योगमा काठ लिइ आएका ट्रकहरूले शिल खोलेको मुचुल्का गरिदिए बापत घुस लिएको पुष्टि हुनआएपछि आरोप– पत्र दायर गरेको जानकारी दिए।
रायलाई अख्तियारको टोलीले केहीदिनअघि १२ हजार घुससहित नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध सोही रकम बराबरको विगो र कैद सजाय माग गरिएको आरोप –पत्रमा उल्लेख छ।