काठमाडौं, भदौ २१ – बलिउडका अभिनेता अर्जुन कपुरमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनले आइतबार इन्टाग्राममार्फत् आफूमा कोरोनाभाइसको संक्रमण देखिएको बताएका हुन्।
उनले आफू ठिक भएको र कुनै संक्रमणको लक्षणसमेत नदेखिएको बताएका छन्। मलाई कोरोनाभाइरसको संक्रमण देखिएकोबारे सबैलाई जानकारी गराउनु मेरो जिम्मेवारी हो। मैले ठिकै महशुस गरिरहेको छु र कुनै लक्षण देखिएको छैन, उनले इन्टाग्राममा लेखेका छन्।
साथै उनी चिकित्सकहरूको सल्लाह अनुसार होम आइसोलेसनमा रहेको जानकारी गराएका छन्।
FACEBOOK COMMENTS